समाचार
वडा स्तरिय युवा क्लब गठन सम्वन्धमा ।
चालु आर्थिक बर्ष २०७८।०७९ मा यस मोलुङ गाउँपालिकामा संघिय सशर्त अनुदानबाट युवा क्लब गठन तथा नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालनको लागि गाउँ कार्यपालिकाको मिति २०७८ साल मंसिर २१ गते बसेको बैठकको निर्णय बमोजिम यस गाउँपालिकाको सबै (१-८) वडाहरुमा युवा क्लव गठन गर्नुपर्ने भएकाले देहायको मिति स्थान र समयमा आ-आफ्नो वडा भित्रका १६ देखि २४ बर्ष उमेर समुहका इच्छुक युवाहरुलाई वडा कार्यालयमा उमेर खुलेको प्रमाण सहित उपस्थित हुनुहुन सबैको जानकारीको लागि यो सूचना सूचित गरिन्छ।
तपशिल
| क्र.स. | वडा नं. | मिति | स्थान | समय | 
| १ | वडा नं.१ | २०७८ पौष २० गते | वडा कार्यालय वडा नं. १ कुन्तादेवि | ११ बजे | 
| २ | वडा नं. २ | २०७८ पौष २१ गते | मोलुङ स्टार युवा क्लब भवन रामपुर | १० बजे | 
| ३ | वडा नं. ३ | २०७८ पौष २३ गते | वडा कार्यालय वडा नं. ३ फूयाल गाउँ | ११ बजे | 
| ४ | वडा नं. ४ | २०७८ पौष २२ गते | वडा कार्यालय वडा नं. ४ हर्कपुर | ११ बजे | 
| ५ | वडा नं. ५ | २०७८ पौष २४ गते | वडा कार्यालय वडा नं. ५ दाहाल गाउँ | ११ बजे | 
| ६ | वडा नं. ६ | २०७८ पौष २५ गते | वडा कार्यालय वडा नं. ६ श्रीचौर | ११ बजे | 
| ७ | वडा नं. ७ | २०७८ पौष २७ गते | स्वास्थ्य चौकी पात्ले जेसे | १२ बजे | 
| ८ | वडा नं. ८ | २०७८ पौष २६ गते | वडा कार्यालय वडा नं. ८ रामपुर | ११ बजे | 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    
