FAQs Complain Problems

समाचार

मोलुङ गाउँपालिका-ओखलढुङ्गाको संक्षिप्त्त परिचय !

                   नेपालको कोशी प्रदेश अन्तर्गत पर्ने ओखलढुंगा जिल्लाको मध्ये भागमा अबस्थित थोले देम्बा सिरान बाट बगेको शिबदुती गङ्गा "मोलुङ खोला" को नामबाट साबिकका गाबिस कुन्तादेबी , बरुणेश्वर (१-८) , हर्कपुर , प्राप्चा श्रीचौर रागादिप र पात्ले (१,२,७-९) समाहित गरि सिमाङ्कन गरिएको भौगोलिक क्षेत्र मोलुङ गाउँपालिका को नामले नामङ्कित छ । ओखलढुंगा जिल्लाको सदरमुकाम सि.न.पा ओखलढुंगा बाट २३ किमि पश्चिम सडक यात्रा गरेपछी यो गाउँपालिका को केन्द्र प्राप्चा देउराली पुग्न सकिन्छ ।जिल्लाका ८ स्थानिय तह मध्ये यश मोलुङ गाउँ पालिकाको जनसंख्या १६४४० र क्षेत्रफल ११२ बर्ग किमि रहेको छ ।

मोलुङ गाउँपालिका को भौगोलिक अबस्था :-

क्षेत्रफल :- ११२ बर्ग किमि

सिमाना :- पुर्ब सिद्दिचरण नगरपालिका  पश्चिममा खिजिदेम्बा गाउँपालिका  र चम्पादेबी गाउँपालिका ,उत्तरमा सिद्दिचरण नगरपालिका र खिजिदेम्बा दक्षिणमा शुनकोशी गाउपालिका र सिद्दिचरण नगरपालिका रहेको छ ।

प्रमुख नदिनाला धार्मिक दर्शनिय स्थल:-  यस गाउँपालिका मा मोलुङ,पोक्तिङ, कुलखोला, गैराबारी खोला, डोले खोला ,झगरपुर खोला , पेकु खोला अनि सेप्ली झरना , सेप्ली मोलुङ दोभान झरना च्यादी झरना लगायत प्रचुर सम्भाबना बोकेका पर्यटकिय स्थान हरु रहेका छ्न । कुन्तादेबी मन्दिर (सेतिदेबी , सान्तादेबी कालिदेबी रक्तकाली ), बरुणेश्वर महादेब मन्दीर ,कालिकादेबी मन्दीर सोलाखार्क ,जलजलेस्वर महादेव त्रिवेणी  मकरधाम ,  मालिका देबी दिप्ली , जलकन्या देबी मन्दिर, भङ्गाले तिन कन्यादेबि ,बेलि चमेली,पन्चकन्या देबी केउरिनी र ढाडबेसी, कमला माइ मन्दिर कुलखोला बगर लगायत का मन्दिरहरु  पनि यहि गाउँपालिका रहेको छ्न । गौरीसङ्खर हिमाल देखिने तिनतले पहाड पनि यहि गाउँ पालिकामा अवस्थित रहेको छ । उर्गेन छ्योलिङ गुम्बा श्रीचौर  र पात्ले तेन्जुर तेङ गुर गुम्बा पनि यहि गाउँपालिका पर्दछन ।

 

 

 

.